सहयोगी हात फैलाऔं ती तमाम गरिब, दुःखी, असहाय, पीडित तथा बेजुवान पशुपन्छीहरूको सेवामा जुटौं। एक व्यक्ति एक रुपैयाँ अभियानमा सहभागी बनौं। तपाईं हाम्रो सानो सहयोगले कसैको जिन्दगी बदल्न सक्छ।
सेवा अभियानआजीवन सदस्य नामावली तथा सेवा गतिविधि विवरण नवजीवन योगपीठद्वारा सञ्चालित “एक व्यक्ति एक रुपैयाँ महा–अभियान” समाजका गरिब, दीनदुःखी असहाय दाजुभाइ–दिदीबहिनीहरूको सेवामा समर्पित एक पवित्र अभियान हो। सानो–सानो सहयोगलाई एकत्रित गरी ठूलो मानवसेवा कार्य सम्पन्न गर्ने यस महा–अभियानको मुख्य उद्देश्य करुणा, दया र सेवा भावको विकास गर्नु हो। यस अभियानअन्तर्गत आजीवन सदस्यहरू आर्थिक, नैतिक तथा स्वयंसेवी रूपमा समर्पित भई गुरुकुल सञ्चालन, योग–ध्यान शिविर, स्वास्थ्य सहयोग, खाद्यान्न वितरण तथा आवश्यक राहत सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहनुभएको छ।